दाङ,३२ असार । श्रीमानको कुटपिटबाट कंचनपुरमा श्रीमतीको मृत्यु भएको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो। घटनामा संलग्न श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार दिउँसो ४५ वर्षीय रनबहादुर सुनारले ४२ वर्षीया आफ्नी श्रीमती पारु सुनारमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी पारुलाई उपचारका लागि दोधाराचाँदनी अस्पताल लगिएको थियो।
उपचारपछि दुवै जना घर फर्किए पनि राति पारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार घटनापछि रनबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस