after_navbar

तुलसीपुरमा कुलोमा डुबेर बालकको मृत्यु


१४ घण्टा अगाडि


दाङ,१ साउन। तुलसीपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ श्रीगैँमा कुलोमा डुबेर स्थानीय विश्व रिजालका २ वर्षीय छोरा सौरब रिजालको बिहीबार दिउँसो ज्यान गएको हो।

दिउँसो करिब साढे ४ बजेतिर घर नजिकै खेल्ने क्रममा बालक कुलोमा खसेका थिए। उनलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="