after_navbar

जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते


२० घण्टा अगाडि


दाङ,२साउन। जिप दुर्घटना हुँदा डडेल्धुरामा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् ।जिल्लाको अमरगढी नगरपालिका-०७ खस्रेखानस्थित धनगढी-दार्चुला पक्की सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको हो।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १८५० नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन्। यस्तै दार्चुलाको मार्मा गाउँपालिका-३ का ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ। दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा थप खोजी गर्ने क्रममा दार्चुलाको अपिहिमाल गाउँपालिका-१ की ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइएको छ। उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

यस्तै, सोही स्थानका ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याललाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएकोमा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="