after_navbar

पहिरोमा पुरिएर एकजना बेपत्ता


१७ घण्टा अगाडि


रोल्पा,२ साउन। रोल्पामा पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन्। जिल्लाको परिवर्तन गाउँपालिका -४ पाछावाङ सल्लाबोटका अन्दाजी ५७ वर्षीय देउप्रसाद घर्ती पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

गएराति परेको निरन्तर वर्षापछि वडा नम्बर ४ कै सिरवारी क्षेत्रमा हिँडिरहेको अवस्थामा घर्तीलाई अचानक खसेको पहिरोले पुरेको हो। घटनाको जानकारी शनिबार बिहान इलाका प्रहरी कार्यालय पाछावाङ रोल्पामा प्राप्त भएको थियो।

खबर पाउनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक नरसिंह खत्रीको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटाइएको छ। घटनास्थल प्रहरी कार्यालयबाट करिब ५ किलोमिटर उत्तरतर्फ पर्दछ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="