after_navbar

आज दुई संसदीय समितिको बैठक बस्दै


६ घण्टा अगाडि


काठमाडौ,३ साउन। संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छन्। बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समिति को बैठक बस्नेछ भने बिहान साढे ९ बजे अर्थ समिति को बैठक तय गरिएको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थाबारे निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश गरिएको प्रतिवेदनमाथि छलफल हुनेछ। साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय सँग सम्बन्धित विषयमा पनि छलफल गरिने कार्यसूची छ।

त्यसैगरी अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघ–संस्थासँग छलफल गरिनेछ।

बैठकहरूमा नीति, कानुन संशोधन र मानव अधिकारसम्बन्धी महत्वपूर्ण विषयमा निर्णय र सुझावहरू अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="