after_navbar

रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार


१० घण्टा अगाडि


दाङ,३ साउन। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० र १२ नम्बर वडाको सिमानास्थित रोहिणी खोलामा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ । माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको आइतबार सकुशल उद्धार गरिएको हो।

तीनजना पुरुष र एक महिला खोलाको बीचमा फसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।

उद्धार टोलीले बिहान ११ बजेसम्म चारै जनालाई सकुशल बाहिर निकालेको जनाएको छ।उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। साथै प्रहरीले वर्षायाममा खोलानाला तथा नदीमा माछा मार्न वा अन्य गतिविधि गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="