after_navbar

हराएका वृद्ध जंगलमा मृत फेला


श्रावण ०३, २०८३


सुर्खेत,३ साउन। जंगलमा झुण्डिएको अवस्थामा एक वृद्ध मृत फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ दौलतपुर निवासी ६७ वर्षीय लालबहादुर सुनार जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार सुनार घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। उनी सम्पर्कविहीन भएपछि आफन्त तथा प्रहरी चौकी बाङ्गेसिमल बाट प्रहरी सहायक निरीक्षक टिकाराम थापाको नेतृत्वमा टोली खटाई खोजतलास गरिएको थियो।

खोजीका क्रममा आइतबार दिउँसो वीरेन्द्रनगर-२ स्थित निकासखोलाको जंगलमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा एसओसीओसहित पाँच सदस्यीय टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="