after_navbar

रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प


श्रावण ०३, २०८३


दाङ,३ साउन । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो।


भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ। अर्घाखाँची, दाङ र रोल्पा लगायतका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको बताएका छन्।

भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस

data-href="