after_navbar

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन, ३ जनाको सकुशल उद्दार


२४ घण्टा अगाडि


कञ्चनपुर,४ साउन ।कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिलालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।


निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको नेतृत्वमा खटिएको टोलीले आज बिहान जंगल क्षेत्रमा बेल्डाडी गाउँपालिका-२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई फेला पारी सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको जनाएको छ।

तीनै जनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब ४ किलोमिटर टाढा क्षेत्रमा भेटिएको सेनाले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उनीहरू हिजो लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए।


यस्तै, भीमदत्त नगरपालिका-१९ बागफाँटा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका १४ जना महिलाको समूह अझै सम्पर्कविहीन रहेको छ। उनीहरूको खोजीका लागि ठूलो संख्यामा सैनिक टोली परिचालन गरिएको रणसिंह दल गणले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले हराइरहेका महिलाहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="