after_navbar

सरकारलाई दोहोरो मापदण्डको आरोप


८ मिनेट अगाडि


दाङ ,२० साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले बालेन्द्र शाह नेतृत्वको सरकारलाई दोहोरो मापदण्डको आरोप लगाएका छन्। पोखरेलले वर्तमान सरकार विगतमा विरोध गरेका विषयमै अहिले आफैं अघि बढिरहेको आरोप लगाएका हुन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। विगतमा राजनीतिक नियुक्तिको विरोध गर्ने दल अहिले सत्तामा पुगेपछि विभिन्न बहानामा त्यही काममा लागेको उनको भनाइ छ।

उनले शान्ति सुरक्षाको विषयमा पनि सरकारको आलोचना गरे। जेन्जी आन्दोलनका बेला नागरिकको ज्यान जाँदा तत्कालीन सरकारको राजीनामा माग्नेहरू अहिले सत्तामा रहँदा सुनसरी र धनुषामा भएको घटनामा भने मौन बसेको आरोप लगाए ।

त्यस्ता घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै उनले विगतका अभिव्यक्तिसँग अहिलेको व्यवहार नमिलेमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखे।

कार्यक्रम चौतारी दाङ जिल्ला अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रेस चौतारी दाङका पूर्व कोषाध्यक्ष गोकर्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी तुलसीपुर नगर कमिटीका अध्यक्ष बसन्त परियारले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="