after_navbar

इँटाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु


१ मिनेट अगाडि


बाँके,२० साउन । इट्टाभट्टाको पर्खाल भत्किँदा दुईजना मजदुरको मृत्यु भएको छ। बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित ‘न्यू किसान इँटा भट्टा’को पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीका अनुसार घटनामा ५२ वर्षीय वर्षादी लोधको साउन १८ गते घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, पर्खालले च्यापेर गम्भीर घाइते भएका ४५ वर्षीय रामफैरिन कोरीको बुधबार बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रतितसिंह राडौरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="