after_navbar

पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु,दुई गम्भीर घाइते


१७ घण्टा अगाडि


रोल्पा,२८ साउन । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बुधबार राति करिब ८ः४० बजे माथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन्।

पहिरोमा परी थबाङ गाउँपालिका-५ बोटलबारा निवासी १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय उवाले जनाएको छ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा थप मानिस पुरिएको हुनसक्ने आशंकामा प्रहरी र स्थानीयवासीले खोजी तथा उद्धार जारी राखेका छन्। घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय उवाबाट खटिएको प्रहरी टोली राति करिब १०ः१५ बजे घटनास्थल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="