after_navbar

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो


भदौ ११, २०८३


काठमाडौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका, ७ बालक रहेका छन् भने ४७ जनाको पहिचान खुल्न सकेको छैन।

जिल्लागत विवरणअनुसार रसुवामा ३ पुरुषको शव फेला परेको छ। नुवाकोटमा ६ महिला र ७ पुरुष तथा धादिङमा १० महिला, १० पुरुष, १ बालिका र पहिचान नखुलेका ६ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

त्यस्तै, गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनाको शव फेला परेको छ। चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक तथा पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ।

तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक तथा पहिचान नखुलेका ४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="