after_navbar

रसुवा बाढीमा सम्पर्कविहीन ८२६ जनाको खोजी जारी


भदौ ११, २०८३


काठमाडौ,११ भदौ । सरकारले रसुवा बाढीका कारण सम्पर्कविहीन भएका ८२६ जनाको खोजी भइरहेको जनाएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १६५ जनाको शव फेला परेको छ। सम्पर्कविहीनमध्ये ४४ जना नेपाली सेना, २८ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन्।

प्राधिकरणका अनुसार रसुवामा १६१ जना र नुवाकोटमा एक जना सम्पर्कविहीन छन्। व्यक्तिगत रूपमा गोसाइँकुण्ड तथा रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा घुम्न गएका व्यक्तिहरू पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

त्यस्तै, स्थानीय बासिन्दा, सवारी चालक तथा सहचालक, यात्रु, व्यापारी र निजी कम्पनीका कर्मचारीसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढीका कारण टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध भएकाले पनि धेरै व्यक्तिको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

सम्पर्कविहीन आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइको खोजी गरिदिन सम्बन्धित परिवारले आग्रह गरेका छन्।

यस्तै, बाढीबाट घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने हालसम्म २३९ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="