after_navbar

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश


१५ घण्टा अगाडि


काठमाडौ,११ भदौ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले महाधिवेशन रोक्न माग गरिएको पूरक निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्काको निवेदनमा महाधिवेशन रोक्न माग गरिए पनि अदालतले तत्काल त्यस्तो आदेश जारी नगर्ने निर्णय गरेको छ।

उनले पुनरवलोकनको निवेदनका क्रममा अदालतबाट पछि जस्तोसुकै आदेश आउन सक्ने भए पनि हाललाई महाधिवेशन रोक्ने अन्तरिम आदेश नदिइएको बताए।

सर्वोच्चको आदेशसँगै नेपाली कांग्रेसको संस्थापन समूहले नियमित दलीय गतिविधि अघि बढाउन पाउने भएको छ।

देउवा-खड्का समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै आएको छ। यता सभापति गगन थापा नेतृत्वको कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारीसहित आफ्ना गतिविधि अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="