after_navbar

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय


१५ घण्टा अगाडि


काठमाडौ,११ भदौ । सरकारले विपद्का बेला उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ। बाढी, पहिरो, आगलागीलगायत प्राकृतिक विपदमा ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीका निम्ति यस्तो निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्को समयमा अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवासुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मीले विपद्का बेला उच्च जोखिम मोलेर उद्धार तथा राहतमा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै सुविधा वृद्धि गर्न लागिएको प्राधिकरणले जनाएको छ।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु आवश्यक रहेकाले सेवा-सुविधा परिमार्जन गर्ने निर्णय गरिएको हो।

प्राधिकरणको कार्यकारी समितिको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले आवश्यक प्रक्रिया अघि बढाउँदै तालुकदार मन्त्रालयमा प्रस्ताव पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

data-href="