after_navbar

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते


१ मिनेट अगाडि


मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको जीप बिहीबार बिहान करिब पौने ९ बजे भीमफेदी गाउँपालिका-१ भैँसे नजिक त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो।

दुर्घटनामा घाइते भएका सातै जनालाई उद्धार गरी हेटौँडा अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। मृतकको पहिचान तथा दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

यसअघि कात्तिक २६ गते पनि भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="