after_navbar

प्रदेश सरकार गठनबारे एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सहमति


७ घण्टा अगाडि


काठमाडौं,९ साउन। प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच सहमति भएकाे छ। दुई पार्टीबिच प्रदेश सरकार गठनका लागि नयाँ गठबन्धन गर्ने गरी सहमति बनेको हो।

​पछिल्लो समय प्रदेश सभाहरूमा बजेट निर्माणका क्रममा देखिएका असहमति, बजेट विहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूको समाधान गर्दै जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रदेशिक विकासको गतिलाई तीव्र बनाउन दुई राजनीतिक दलहरूबीच सहमति भएको छ।

​नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रूपमा हस्ताक्षर गरी सार्वजनिक गरेको सहमति पत्र अनुसार प्रदेशसभाहरूमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णय गरिएको छ।

​समझदारीअनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्नेछ।

​त्यसैगरी, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने भएको छ।

​२०८३ साल साउन ९ गते जारी गरिएको यस सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="