after_navbar

लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन


१४ घण्टा अगाडि


काठमाडौ,१४ साउन ।लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। मन्त्री वाग्लेले समितिलाई आजैदेखि पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्।

समितिका सदस्यहरूमा विनोदकुमार भट्टराई (कानुन मन्त्रालय), सुरेश पन्थी (गृह मन्त्रालय) र रामु पौडेल (नेपाल राष्ट्र बैंक) रहेका छन्।

वार्ता समितिको सदस्य सचिवका रूपमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन्। समितिको पहिलो बैठक आजै अर्थ मन्त्रालयमा बस्नेछ र सोही बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग वार्ता प्रक्रिया अघि बढाउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="