दाङ,१४ साउन। राप्ती आँखा अस्पतालको नव निर्मित शल्यक्रिया भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदान तथा स्थानीय साझेदारीमा निर्माण गरिएको भवनको बिहीबार उद्घाटन गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का र भारतीय दूतावासकी काउन्सिलर गीतांजली ब्रैंडनको विशेष उपस्थितीमा भवनको उद्घाटन गरिएको हो।
कार्यक्रममा नगरप्रमुख खड्काले आँखा उपचार सेवामा भारत सरकारले गरेको योगदान र समन्वयको प्रशंसा गरे। उनले यसखाले सहकार्यले दुइदेशको भाइचारा र मित्रतालाई एकशुत्रमा बाँधेर लैजाने बताए। उनले स्थानीय सरकार र राप्ती आँखा अस्पतालको निरन्तर पहल र समन्वयका कारण अस्पताल भवन निर्माणको लक्ष्य पुरा भएको जानकारी दिए। उनका अनुसार भवन निर्माणमा पालिकाले २० प्रतिशत बजेट उपलव्ध गराएको छ । आँखा स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनका लागि स्थानीय सरकारले आवश्यकता अनुसार समन्वय र पहल निरन्तर गरिरहने उनले प्रतिबद्धता समेत व्यक्त गरे।
सो अवसरमा, भारतीय दुतावासकी काउन्सिलर ब्र्रैंडनले नव निर्मित भवन नेपाल र भारतविचमा बनेको सम्वन्धनको बलियो उदाहरण रहेको बताइन्। नवनिर्मित भवनले दाङसहित आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य उपचारसेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरीन्। एचआईसिपिडी कार्यक्रम सन् २००३ सालदेखि पििरयोजना दुइदेशको साझेदारीमा स्थानीय तहसंग सहकार्य गरी शिक्षा, स्वास्थ्य खानेपानी लगायतका थूप्रै क्षेत्रमा करीव ६ सय बढी कार्यक्रमहरु सञ्चालन हुँदै आएको उनले जानकारी गराइन्।
भारतले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुलाई एम्बुलेन्स र स्कुलबस समेत उपलव्ध गराउँदै आएको उनले जानकारी दिइन्। दुर्गम क्षेत्रमा स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउने लक्ष्यसहित नेपाल र भारतीय नागरिकको सम्वृद्धि र कल्याणमा अन्तरसम्वन्ध रहेकाले आगामी दिनमा पनि यो समन्वय र सहकार्य निरन्तर रहने प्रतिवद्धता व्यक्त गरिन्।
नेपाल नेत्रज्योती संघका केन्द्रीय महासचिव भरत बहादुर चन्दले देशभर तीनै तहका सरकारसंगको साझेदारीमा आँखाउपचार कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले राप्ती आँखा अस्पताललाई आँखा उपचारको उत्कृष्ट केन्द्र बनाउने लक्ष्य रहेको जानकारी गराए। अस्पतालको सेवालाई प्रभावकारी बनाउँदै लैजानका लागि आवश्यक समन्वय र पहल निरन्तर गरिरहने प्रतिवद्धता समेत व्यक्त गरे। उनका अनुसार अन्र्तराष्ट्रिय स्तरमा पनि नेत्र ज्योतीसंघका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन्।
लुम्बिनी प्रदेशका पूर्व प्रदेशसभा सदस्य शंकर गिरीले विकासको अभियानमा दुई देशविचको समन्वय र साझेदारीले आपसमा रहेको तिक्तताको अन्त्य गरी सम्वन्धलाई थप प्रगाढ बनाउन सहयोग गरेको उल्लेख गरे।
राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछानेले अस्पतालको स्तरोन्नतीका लागि भारतीय सरकारको सहयोग निरन्तरताको अपेक्षा गरे। नव निर्मित भवन सञ्चालन भएसंगै अस्पतालको आँखा उपचार सेवा थप आधुनिक र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक डा. समशेर थापाले अस्पतालको वार्षिक प्रतिवेदनसहित नवनिर्मित भवनको बारेमा जानकारी गराएका थिए। डा. थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा भवन निर्माण गरिएको हो। चार करोड २४ लाख ३८ हजार रुपैया ठेक्का सम्झौतासंगै थप आन्तरिक १ करोडको लागतमा उक्त भवन निर्माण भएको हो। दुईतले भवनमा २० कोठा रहेका छन्।कुल लागतमध्ये उपमहानरगरपालिकाको २० प्रतिशत र भारत सरकारको ८० प्रतिशत लगानी रहेको छ ।
हाल अस्पतालमा दैनिक १५ भन्दा बढी बिरामीको आँखाको शल्यक्रिया तथा २०० भन्दा बढी बिरामीको आँखा चेकजाँच भइरहेको छ भने वार्षिक ९४ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिँदै आएका छन्। उनका अनुसार सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गरी समुदायस्तरमा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ ।
नेपाल नेत्रजयोति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ जिल्ला उपाध्यक्ष नारायणी रजौलेले भवन निर्माण संगै अस्पतालको आँखा उपचार सेवा सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । यसैविच, भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकलाई सम्मान गरिएको थियो
कार्यक्रमको सहजीकरण द्धोय अस्पताल व्यवस्थापन समितिका सह-सचिव प्रवणकुमार खड्का र सूचना अधिकारी बालाराख खड्काले गरेका थिए।
प्रतिक्रिया दिनुहोस