after_navbar

सल्यानमा एक शिक्षक मृत फेला


२ घण्टा अगाडि


दाङ ,२० साउन। सल्यानमा एक शिक्षक मृत फेला परेका छन्।सल्यानमा शिक्षक मृत फेला, कारण खुल्न बाँकी
सल्यान — बागचौर नगरपालिका–७ मा एक शिक्षक मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका घर भई हाल बागचौर-७ मा बस्दै आएका अन्दाजी ४८ वर्षीय हरि बहादुर ओली आज बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरी प्रमुख दिपक पातलीका अनुसार ओली हिजो बेलुका खाना खाएर सुतेका थिए। आज बिहान घरबेटी कमला वली ले उठाउन जाँदा अचेत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमखोली बाट प्रहरी सहायक निरीक्षक निरज खत्री को कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा पुग्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="