दाङ,२४ साउन। दाङको घोराहीमा डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना र नेपाल रेडक्रस सोसाइटी घोराही उपमहानगरपालिका शाखाको सहआयोजनामा कार्यक्रम गरिएको हो।
जुनियर युवा रेडक्रस दाङका संयोजक भिमलाल मरासिनीको सभापतित्व तथा दाङ रेडक्रसका मन्त्री प्रकाश श्रीबन्दको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।
जनस्वास्थ्य प्रवर्द्धन शाखा घोराहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले सहजीकरण गरेकी थिइन्। उनले डेंगु रोगका लक्षण, बच्ने उपाय, यसको विश्वव्यापी प्रभाव र नेपाल सरकारको रणनीतिबारे जानकारी दिएकी थिइन्।
कार्यक्रममा घोराही क्षेत्रका शिक्षक नायक र स्वयंसेवक गरी ३७ जनाको सहभागिता रहेको थियो। जुनियर युवा रेडक्रस दाङका संयोजक भिमलाल मरासिनीको सभापतित्व र दाङ रेडक्रसका मन्त्री प्रकाश श्रीबन्द को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा शिवा थापा, गिरि भट्टराई र मिनराज गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए। थम्मन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव इन्द्र बुढाथोकीले गरेका थिए।
प्रतिक्रिया दिनुहोस