after_navbar

दाङमा स्याउ खेतीको परीक्षण सफल


३ घण्टा अगाडि


दाङ,२५ साउन । गर्मी हावापानीमा पनि स्याउ खेती सम्भव देखिएको छ। दाङमा सुरु गरिएको स्याउ खेतीबाट गर्मी हावापानीमा पनि खेती गर्न सकिन्छ भन्ने पुष्टि भएको हो।

घोराही उपमहानगरपालिका-११ पलासपुरका मनु बुढामगरले स्याउ खेतीको परीक्षण सफल बनाएका छन्।

उनले तीन वर्षअघि हर्मन ९९, अन्ना र डोरसेट गोल्डेन जातका स्याउका बिरुवा रोपेर परीक्षण सुरु गरेका थिए। अहिले ती बिरुवामा फल लाग्न थालेपछि परीक्षण सफल भएको पुष्टि भएको हो।

बुढामगरले भारतको हिमाचल प्रदेशमा २२ वर्ष स्याउ खेतीमा काम गरेका अनुभवका आधारमा दाङमा खेती सुरु गरेका हुन्। परीक्षण सफल भएपछि उनले अहिले तीन बिघा जमिनमा व्यावसायिक स्याउ खेती विस्तार गरेका छन्।

हाल उनले ४५ जातका करिब ७० हजार स्याउका बिरुवा उत्पादन गरिरहेका छन्। नर्सरी र खेतीमा करिब एक करोड रुपैयाँ लगानी भइसकेको उनले बताएका छन्।

गत वर्ष दाङ र सुर्खेतमा १५ हजार बिरुवा बिक्री भए पनि मागअनुसार पुर्‍याउन नसकेको उनको भनाइ छ।

उनका अनुसार तराईमा रोपेको दुई वर्षमै स्याउ फल्न सुरु हुन्छ र उच्च तापक्रममा पनि उत्पादन सम्भव हुन्छ। स्याउ खेती सफल भएपछि स्थानीय किसान पनि यसतर्फ आकर्षित भएका छन्।

तराईमा स्याउ खेती विस्तार गर्न सके आयात घटाएर स्वदेशी उत्पादन बढाउन सकिने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="