after_navbar

जीप दुर्घटना हुँदा ८ जना घाइते


४ घण्टा अगाडि


प्युठान,२६ साउन। प्युठानमा जपि दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । झिमरुक गाउँपालिका ३ लामासेरास्थित बाग्दुला-गौमुखी सडकखण्डमा यात्रुबाहक जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको लु १ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स गाडी ब्रेक फेल भएर सडकमा पल्टिएको हो । जीपमा चालकसहित १४ जना सवार थिए।

दुर्घटनामा परेर गौमुखी गाउँपालिका-७ नारीकोटका ५० वर्षीया गीता गिरी, २७ वर्षीया सावित्रा परियार, ३३ वर्षीया लक्ष्मी विक, २८ वर्षीय रबी सुनार, ३५ वर्षीया सीता रोका, सीता रोकाका १० वर्षीय छोरा रबिन रोका, ५ वर्षीय सरप्राइज केसी र गुल्मीको मदाने गाउँपालिका-१ की २८ वर्षीया शान्ता परियार घाइते भएका छन्।

घाइतेहरूको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको छ। घाइतेमध्ये रबी सुनारलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

जीप र जीप चालक गौमुखी गाउँपालिका-७ नारीकोटका २५ वर्षीय ऋषीराम केसी लाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="