छोराले गरे बुवाको हत्या
२ घण्टा अगाडि
बर्दिया,१भदौ । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
गेरुवा गाउँपालिका-५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएका उपाध्यायको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि प्रहरीले सरगमलाई नियन्त्रणमा लिएको छ।
घटना किन भएको हो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस