after_navbar

सर्पको टोकाइबाट १३ वर्षीय बालकको मृत्यु


५ घण्टा अगाडि


रुकुम पश्चिम,२ भदौ ।रुकुम पश्चिममा सर्पको टोकाइबाट १३ वर्षिय बालकको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका-७ झारीगाउँका शेरबहादुर घर्तीका छोरा हेमन्त घर्तीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

सोमबार बेलुका खाना खाएर कोठामा सुतेका हेमन्तलाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजान नपाउँदै घरमै उनको मृत्यु भएको स्थानीय मनबहादुर घर्तीले जानकारी दिए।

प्रहरीका अनुसार हेमन्तलाई टाउको र दाहिने हातमा कालो रङको विषालु सर्पले टोकेको थियो।

हेमन्त जनजागृति माध्यमिक विद्यालय साखमा कक्षा ९ मा अध्ययनरत थिए। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="