दाङ,६ भदौ । तुलसीपुर उपमहानगरपालिका-१३ मा आयोजित निःशुल्क आँखा शिविरबाट २८१ जनाले सेवा लिएका छन्।
शुक्रबार जनकल्याण सामुदायिक वनको भवनमा आयोजित शिविरमा १९१ महिला र ९० पुरुषले आँखा परीक्षण गराएको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो।
परीक्षण गराएकामध्ये ४९ जनामा मोतियाबिन्दु देखिएको छ। तीमध्ये २६ महिला र २३ पुरुष छन्। शिविरमा ७३ जनालाई निःशुल्क चश्मासमेत वितरण गरिएको वडा अध्यक्ष पौडेलले बताउनुभयो।
राप्ती आँखा अस्पताल तुलसीपुर-४ रक्षाचौरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका-१३ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो।
प्रतिक्रिया दिनुहोस