काठमाडौ,११ भदौ ।परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा बंगलादेशका परराष्ट्रमन्त्री रहमानले नेपाललाई आवश्यक सहयोग गर्न बंगलादेश सरकार तयार रहेको बताएका छन्।
नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा दुई मन्त्रीबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
वार्तामा मन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेकोमा बंगलादेश सरकारप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले आवश्यकताअनुसार सहयोगका विषयमा बंगलादेशसँग छिट्टै समन्वय गरिने बताएका छन्।
नेपालका विभिन्न प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको हो।
प्रतिक्रिया दिनुहोस