after_navbar

भोटेकोसी-त्रीशूली बाढी: हालसम्म २८९ जनाको शव फेला


१८ घण्टा अगाडि


काठमाडौं,११ भदौ । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकामध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ।

दिउँसो ३ बजेसम्मको विवरणअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव फेला परेको हो।

बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले विभिन्न नदी तटीय तथा प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="