after_navbar

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोजिनुपर्छ : मुख्यमन्त्री आचार्य


५ घण्टा अगाडि


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताए।

मुख्यमन्त्री आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको उल्लेख गर्दै राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोधलाई सुदृढ बनाउनुपर्ने बताए। लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन र संघीयता सुदृढीकरणसँगै सुशासन, पारदर्शिता र नागरिक केन्द्रित सेवामा प्रतिबद्ध रहेको उनको भनाइ छ।

‘संघीयता बलियो बनाउन प्रदेश बलियो हुनुपर्छ’ भन्दै उनले संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गरी प्रदेशलाई सक्षम, उत्तरदायी र नागरिकको नजिकको सरकारका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले संविधान निर्माणमा योगदान पुर्‍याउने तथा लोकतान्त्रिक र सामाजिक परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते, अपाङ्ग नागरिक, शहीद परिवार र बेपत्ता नागरिकका परिवारप्रति सम्मान व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="