after_navbar

बिलबिजक नभएका मोबाइलका सामग्री बरामद


२ घण्टा अगाडि


दाङ। दाङमा बिलबिजक नभएका मोबाइलका विभिन्न सामग्री बरामद गरिएको छ। जिल्लाको गढवा गाउँपालिका–१ कालाकाटेमा प्रहरीले मोबाइलका डिस्प्ले, एअरपड, चार्जर चिप्स र मोबाइल कभर बरामद गरेको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कालाकाटेमा रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब १० बजे चेकजाँच गर्ने क्रममा उक्त सामग्री फेला पारेको हो।

प्रहरीका अनुसार नौवटा बट्टामा राखिएका मोबाइलका १४४ थान डिस्प्ले, एप्पल कम्पनीका ४७ थान एअरपड, सात थान चार्जर चिप्स र तीन थान मोबाइल कभर बरामद गरिएको छ।

बरामद गरिएका सामग्री आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="