दाङ। कपिलवस्तुमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा परेर बस चालकको मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु भएको हो भने ११ जना यात्रु घाइते भएका छन्।
शुक्रबार बिहान ६ः१० बजे पूर्वपश्चिम राजमार्गमा ट्रकले टिप्परलाई ओभरटेक गर्ने क्रममा काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बससँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका-५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका-२ का २४ वर्षीय रुपेश धिमाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ का ३१ वर्षीय सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा घाइते भएका ११ जनाको विवरण यस्तो छ :
१. पार्वती बोहोरा, ३५ वर्ष :शारदा नगरपालिका-१५, सल्यान। हातखुट्टामा सामान्य चोट।
२. सुशान्त श्रेष्ठ, १४ वर्ष:नेपालगञ्ज उपमहानगरपालिका-२, बाँके। हातखुट्टामा सामान्य चोट।
३. रिसमान थारू, ३४ वर्ष: राप्ती गाउँपालिका-३, दाङ। बायाँ आँखामुनि सामान्य चोट।
४. विष्णु थारू, २१ वर्ष :गुलरिया गाउँपालिका-६, बाँके। ओठमा सामान्य चोट।
५. अरुण बुढाथोकी, १७ वर्ष:छायाँनाथ रारा नगरपालिका-१२, मुगु। निधारमा सामान्य चोट।
६. सागर थारू, १९ वर्ष: राप्तीसोनारी गाउँपालिका-६, बाँके। निधारमा सामान्य चोट।
७. तिलकुमारी खत्री, ३० वर्ष :राप्तीसोनारी गाउँपालिका-८, बाँके। दायाँ खुट्टामा सामान्य चोट।
८. सम्झना चुदारा, २१ वर्ष : तुलसीपुर उपमहानगरपालिका-९, बलुवा, दाङ। हातखुट्टामा सामान्य चोट।
९. दीपेन्द्र गिरी, ४१ वर्ष: छेडागाड नगरपालिका-११, जाजरकोट। दायाँ खुट्टामा सामान्य चोट।
१०. कृष्णबहादुर भण्डारी, ४० वर्ष: खजुरा गाउँपालिका-२, बाँके। दायाँ हातमा सामान्य चोट।
११. गगन चुनारा, ४५ वर्ष : कोहलपुर नगरपालिका-११, बाँके। टाउकोमा चोट।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस