after_navbar

बाघको आक्रमणबाट एक पुरुषको मृत्यु


१५ घण्टा अगाडि


कैलाली । कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका-६ चरीडाँडाका ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न भैरव महिला सामुदायिक वन पुगेका चौधरीमाथि बाघले आक्रमण गरेको थियो।

इलाका प्रहरी कार्यालय चौमालाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा गएको टोलीले बिहान ८ बजेपछि खोजी गर्ने क्रममा चौधरीलाई मृत अवस्थामा फेला पारेको हो।

प्रतिक्रिया दिनुहोस

data-href="