after_navbar

बाढीको असरले आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण


११ घण्टा अगाडि


काठमाडौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले चालू आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

विश्व बैंकले सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ मा बाढीबाट भएको क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र प्रमुख बाधक बन्ने उल्लेख गरिएको छ।

बाढीले जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा क्षति पुर्‍याएपछि विद्युत् उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानीमा असर पर्ने विश्व बैंकको आकलन छ।

कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव तुलनात्मक रूपमा सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको रोजगारी, आयआर्जन र जनजीविकामा भने उल्लेखनीय असर पर्ने प्रतिवेदनमा उल्लेख छ।

पुनर्निर्माण तथा पुनर्स्थापनाका काम अघि बढ्दै गएपछि आर्थिक गतिविधि विस्तार हुने र आगामी आर्थिक वर्ष २०८४र८५ मा नेपालको आर्थिक वृद्धिदर ५।२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ।

यसैबीच, पछिल्लो बाढी, पहिरो तथा अन्य जलवायुजन्य विपद्बाट देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ।

सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गरेका हुन्।

सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। आवास पुनर्निर्माणका लागि मात्रै तत्काल ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="