दाङ । दाङमा जङ्गली च्याउ खाँदा तीन वर्षीय बालिकाको मृत्यु भएको छ। जिल्लाको गढवा गाउँपालिकामा जंगली च्याउ खाँदा बिरामी परेकी तीन वर्षीया बालिकाको मृत्यु भएको हो भने उनकी आमा उपचारपछि डिस्चार्ज भएकी छन्।
गढवा गाउँपालिका-१ बनघुस्री निवासी ऋषि माझीकी २६ वर्षीया श्रीमती सुमित्रा माझी र तीन वर्षीया छोरी लक्ष्मी माझीले असोज २१ गते साँझ जंगली च्याउ खाएका थिए। त्यसपछि दुवै जना बिरामी परेका थिए।
उनीहरूलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइएकी लक्ष्मीलाई राति ११ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएकी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डा. हेमबहादुर केसीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस