after_navbar

नेपालमा दुई हप्तासम्म ठूलो वर्षाको सम्भावना छैन


२ घण्टा अगाडि


दाङ । आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा तराईमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गएराति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको थियो ।

यसैबीच, बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना रहे पनि त्यसको असर नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले पनि नेपालमा नयाँ मौसम प्रणालीको प्रभाव नपर्ने भन्दै ढुक्क भएर धान काट्न सुझाव दिएका छन् । उनीहरूका अनुसार अबको दुई हप्तासम्म नेपालमा ठूलो वर्षा गराउने प्रणाली आउने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस

data-href="