after_navbar

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु


२ घण्टा अगाडि


सोलुखुम्बु । सोलुखुम्बुको फेरुचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटना बिहान ८ बजेर ११ मिनेटमा भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका पर्यटकको पहिचान खुल्न सकेको छैन । घाइतेलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए ।

घाइतेको अवस्था तथा दुर्घटनामा परेका हेलिकोप्टरमा रहेका अन्य यात्रु र चालक दलका सदस्यको विवरण खुल्न बाँकी छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरका पंखा ठोक्किएको जानकारी आएको र घटनाबारे थप बुझ्ने प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="