after_navbar

सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घट्यो


१६ घण्टा अगाडि


दाङ। तिहारपछि सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार सुनचाँदीको मूल्य समायोजन गरेको हो। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्दा सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको महासंघले जनाएको छ।

महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ। यसअघि सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँ घटेको छ। सोमबार प्रतितोला तीन हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार तीन हजार ७ सय रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="