गोरखा । गोरखाको धार्चे गाउँपालिका-१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।
यारूवगरस्थित ठाडो भर्याङको जंगल क्षेत्रमा ठूलो पहिरो खसेको हो। पहिरो खसेपछि आसपासको क्षेत्रमा जोखिम बढेको छ।
पहिरोका कारण मानवीय तथा भौतिक क्षति भएनभएकोबारे भने अहिलेसम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस