काठमाडौ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन्।
सरकारमा सहभागी एमाले र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनु परेको हो।
कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गएको असोज २५ गते सामूहिक राजीनामासहित सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले गएको कात्तिक २० मा राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।
एक सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् ।
सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक सांसद रहेका छन् । प्रदेशसभाको अङ्क गणितअनुसार कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।
यस्तो अवस्थामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा अन्य साना दलको भूमिका निर्णायक हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस