after_navbar

भीरबाट खसेको ढुंगा लागेर ८ वर्षीय बालकको मृत्यु


१७ घण्टा अगाडि


बाजुरा । भीरबाट खसेको ढुंगा लागेर बाजुरामा एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिकामा भीरबाट खसेको ढुंगा लागेर ८ वर्षीय बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा गौमुल गाउँपालिका-५ कोटका बलबहादुर बुढाका छोरा समीर बुढा रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार वडा नम्बर ४ को घोगालाबाट आफ्नो घर कोटतर्फ जाने क्रममा माथिबाट खसेको ढुंगा बालकको टाउकोमा लागेको थियो। ढुंगा लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="