after_navbar

दानबहादुर कार्कीलाई घरमै पुगेर थमाइयो विशेष सल्लाहकारको पत्र


१२ घण्टा अगाडि


काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई सरकारले सल्लाहकार नियुक्तिको पत्र बुझाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र कार्कीले यसअघि बुझेका थिएनन्। त्यसपछि सरकारले गृह मन्त्रालयका कर्मचारीलाई उनको घरमै पठाएर पत्र बुझाएको हो।

उच्च स्रोतका अनुसार गत १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारी कार्कीको घरमै पुगेर नियुक्तिसम्बन्धी पत्र बुझाएका थिए। उनले सल्लाहकारको पत्र बुझ्न नमानेपछि घरमै पुगेर पत्र बुझाइएको हो ।

गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो। सोही बैठकले एआईजी डा। मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो।

सरकारको उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपी पदमा पुनर्बहालीको माग गर्दै उनले रिट दायर गरेका हुन्।

उनको रिटमाथि सोमबारका लागि पेशी तोकिएको थियो। तर सार्वजनिक बिदा परेकाले सोमबार सुनुवाइ नहुने भएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="