after_navbar

जिप दुर्घटना हुँदा तीन जनाको मृत्युःदुई घाइते


१० घण्टा अगाडि


मुगु । मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार दिउँसो छायानाथ रारा नगरपालिका-७ टोप्लास्थित ताल्चा-रारा कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप सडकबाट करिब ६०० फिट तल खसेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा काठमाडौंका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णबहादुर थापा रहेका छन्।

दुर्घटनामा ललितपुरकी ५४ वर्षीया अञ्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन्। उनीहरू पनि रारा भ्रमणका लागि जाँदै थिए।

उक्त जिप ललितपुर महानगरपालिका-१५ निवासी ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविराज थपलियाले जानकारी दिए।

जिप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="