after_navbar

देउवा पक्षको महाधिवेशन तयारी समिति बैठक मंसिर ९ गते


२ घण्टा अगाडि


काठमाडौ। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारीका लागि मंसिर ९ गते बैठक बोलाएको छ।

शनिबार जारी विज्ञप्तिअनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय सम्पर्क कार्यालय चुनदेवीमा बस्नेछ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा महाधिवेशन तयारी समितिका सबै सदस्यलाई अनिवार्य उपस्थित हुन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

data-href="