विदेश

अमेरिकी एयरलाइन्सको विमान दुर्घटना:हालसम्म १८ जनाको शव फेला

काठमाडौं, १७ माघ । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको घटनामा अहिलेसम्म १८ जना मृत भेटिएका छन् । सीबीएस न्यूजकाअनुसार नदीबाट १८ वटा शव निकालिएको छ । खोजी कार्यमा रहेको टोलीले अहिलेसम्म कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजि विमान हेलिकोप्टरसँग ठोक्किएको थियो । … Continue reading अमेरिकी एयरलाइन्सको विमान दुर्घटना:हालसम्म १८ जनाको शव फेला

थप पढ्नुहोस् »

रूस युक्रेन द्वन्द्व: वार्ताका लागि मस्को तयार

मस्को ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्व समाधान गर्न वार्ताका लागि आफ्नो सरकार तयार रहेको बताएका छन्। शुक्रबार सार्वजनिक बयानमा उनले यसबारे रूसले सधैं सकारात्मक दृष्टिकोण राखेको भन्दै वार्ताका लागि अनुकूल वातावरण तयार गर्न युक्रेन र उसका प्रायोजकहरूलाई जिम्मेवार ठहराए। पुटिनले भने, “हामीले बारम्बार यो कुरा स्पष्ट पारिसकेका छौं र आज फेरि दोहोर्याउन चाहन्छु – … Continue reading रूस युक्रेन द्वन्द्व: वार्ताका लागि मस्को तयार

थप पढ्नुहोस् »

टर्कीमा आगलागी हुँदा ७६ जनाको मृत्यु

एजेन्सी ।टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ । आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताए। आगलागी होटलको भान्साबाट शुरु भएको अनुमान गरिएको छ । २३४ जना बसेको ग्राण्ड कार्टल होटलमा स्थानीय समयअनुसार मंगलबार बिहान … Continue reading टर्कीमा आगलागी हुँदा ७६ जनाको मृत्यु

थप पढ्नुहोस् »

तिब्बत भूकम्प:९५ जनाको मृत्यु १३० घाइते

काठमाडौँ ,२३ पुस। चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो … Continue reading तिब्बत भूकम्प:९५ जनाको मृत्यु १३० घाइते

थप पढ्नुहोस् »

भुकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु

काठमाडौँ, २३ पुस । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर … Continue reading भुकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु

थप पढ्नुहोस् »

भूकम्प अपडेट: चीनमा ९ जनाको मृत्यु

काठमाडौँ,२३ पुस। मङ्गलबार बिहान गएको भूकम्पका कारण चीनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै नेपाल-चीन सिमानामा मङ्गलबार बिहान गएको भूकम्पका कारण ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली … Continue reading भूकम्प अपडेट: चीनमा ९ जनाको मृत्यु

थप पढ्नुहोस् »

स्टिल प्लान्टमा आगलागी हुदा चारजनाको मृत्यु

नयाँ दिल्ली, १७ पुस । भारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ । एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ । घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो । स्टील प्लान्टका प्रवक्ताले भने,“घटना … Continue reading स्टिल प्लान्टमा आगलागी हुदा चारजनाको मृत्यु

थप पढ्नुहोस् »

विमान दुर्घटना अपडेट: १७९ जनाको मृत्यु

काठमाडौं,१४ पुस। दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १७९ पुगेको छ। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ। योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय … Continue reading विमान दुर्घटना अपडेट: १७९ जनाको मृत्यु

थप पढ्नुहोस् »

विमान दुर्घटनामा ६२ जनाको मृत्यु

काठमाडौं ,१४ पुस। दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ। १ सय ८१ जना सवार विमान आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उद्धार कार्य जारी रहेको छ र केहीको जिवितै उद्धार गरिएको छ। थाल्याण्डको बैंककबाट १ सय ७५ यात्रु र चालक दलका ६ सदस्यसहित … Continue reading विमान दुर्घटनामा ६२ जनाको मृत्यु

थप पढ्नुहोस् »

सिरियाको झडपमा १७ जनाको मृत्यु

काठमाडौं,११ पुस।सिरियामा भएको झडपमा १७ जनाको मृत्यु भएको छ। बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर अल–असदको नेतृत्वमा एक अधिकारीलाई पक्राउ गर्न खोजेपछि भएको झडपमा १७ जनाको मृत्यु भएको बताइएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सिरियाको नयाँ अधिकारीहरूका ‘सामान्य सुरक्षा बलका १४ सदस्य’ र ‘तीन सशस्त्र व्यक्ति’ खिरबेट अल–माजामा मारिएको बताएको छ … Continue reading सिरियाको झडपमा १७ जनाको मृत्यु

थप पढ्नुहोस् »