विदेश

एयर इन्डियाको विमान थाइल्यान्डमा आपतकालीन अवतरण

काठमाडौं,३० जेठ । एयर इन्डियाको एउटा विमान थाइल्यान्डमा आपतकालीन अवतरण गरेको छ। थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि शुक्रबार बिहान उडेको विमान आपतकालीन अवतरण गरेको हो । विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्‌कालीन अवतरण गर्नुपरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई-३७९ विमान शुक्रबार बिहान आपत्‌कालीन अवतरण गरिएको हो। बमको धम्की कसले किन … Continue reading एयर इन्डियाको विमान थाइल्यान्डमा आपतकालीन अवतरण

थप पढ्नुहोस् »

एयर इन्डियाको विमान दुर्घटना

काठमाडौँ,२९ जेठ । एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना भएको छ । भारतको गुजरातस्थित अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विमान अहमदाबादबाट लन्डनका लागि उडेको केही समयमै दुर्घटना भएको हो। विमानमा २४२ सवार रहेको बताइएको छ। दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगिसकेका छन्। अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ। अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले विमानस्थल … Continue reading एयर इन्डियाको विमान दुर्घटना

थप पढ्नुहोस् »

अमेरिकाको लस एन्जलसमा कर्फ्यु

काठमाडौँ, २८ जेठ । अमेरिकाको लस एन्जलस सहरमा संघीय आप्रवासन कडाइको विरोधमा भइरहेको प्रदर्शन पाँचौँ दिनमा प्रवेश गरेसँगै आंशिक कर्फ्यु लगाइएको छ। प्रदर्शन नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल गार्डको परिचालन तीव्र बनाएका छन्। लस एन्जलसकी मेयर करेन बासले राति ८ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्युको घोषणा गरेकी हुन्। उनले भनेकी छन्, “सहरभरि … Continue reading अमेरिकाको लस एन्जलसमा कर्फ्यु

थप पढ्नुहोस् »

भारतमा प्रेमिका हत्याको अभियोगमा एक नेपाली पक्राउ

दाङ,२५ जेठ । भारतको हैदराबादमा एक नेपाली युवतीको हत्या अभियोगमा उनका प्रेमी पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय नेपाली युवक विजय टोपा रहेका छन् । उनी ३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या अभियोगमा पक्राउ परेका हुन्। दुवै जनाको चिनजान फेसबुकमार्फत भएको थियो। विवाहित र दुई सन्तानकी आमा बोहरा अप्रिलदेखि टोपासँग हैदराबादमा … Continue reading भारतमा प्रेमिका हत्याको अभियोगमा एक नेपाली पक्राउ

थप पढ्नुहोस् »

अमेरिकामा एकै परिवारका ४ नेपालीको हत्या

एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससपार्क सिटीमा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका छन्। मनाससपार्क प्रहरी विभागका अनुसार उनीहरू भाडामा बस्दै आएको अपार्टमेन्टको तल्लो तलाबाट ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय छोरा र आठ वर्षीया छोरीको शव फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चारै जनाको मृत्यु गोली लागेर … Continue reading अमेरिकामा एकै परिवारका ४ नेपालीको हत्या

थप पढ्नुहोस् »

ट्रम्प–मस्क विवादले टेस्लाको शेयरमा १५० अर्ब क्षति

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलोन मस्कबीच जारी तिखो बयानबाजीले टेस्ला कम्पनीको शेयरमा गम्भीर असर पारेको छ। बिहीबार टेस्लाको शेयर १४ प्रतिशतले घट्यो, जसका कारण कम्पनीको कुल मूल्य लगभग १५० अर्ब अमेरिकी डलरले घटेको छ। विश्लेषकहरूका अनुसार यो पछिल्ला केही महिनामा टेस्लाको लागि सबैभन्दा खराब दिनमध्ये एक हो। विज्ञहरू भन्छन् कि … Continue reading ट्रम्प–मस्क विवादले टेस्लाको शेयरमा १५० अर्ब क्षति

थप पढ्नुहोस् »

१२ देशका नागरिकलाई अमेरिकामा पुर्ण प्रतिबन्ध

काठमाडौं,२२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उनले सुरक्षा जोखिमको कारण देखाउँदै अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूको अमेरिका यात्रा पूर्ण रूपमा निषेध गरेका हुन्। त्यसैगरी, बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, … Continue reading १२ देशका नागरिकलाई अमेरिकामा पुर्ण प्रतिबन्ध

थप पढ्नुहोस् »

आसाममा बाढीपहिरो: १२ सयभन्दा बढी गाउँ डुबानमा,१२ जनाको मृत्यु

काठमाडौं २० जेठ । भारतको पूर्वी राज्य आसाममा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १२ सयभन्दा बढी गाउँ डुबानमा परेका छन्। आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (ASDMA) का अनुसार २२ जिल्लाका १ हजार २५४ गाउँ बाढीको चपेटामा परेका छन्। बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर … Continue reading आसाममा बाढीपहिरो: १२ सयभन्दा बढी गाउँ डुबानमा,१२ जनाको मृत्यु

थप पढ्नुहोस् »

एलन मस्कले छोडे ट्रम्पको प्रशासन

एजेन्सी । अमेरिकी टेक अर्बपति तथा टेस्लाका सह-संस्थापक एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँगको आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मार्फत् यसबारे जानकारी दिएका हुन्। सन् २०२५ को जनवरीमा डोनाल्ड ट्रम्प फेरि ह्वाइट हाउस फर्किएपछि उनले सरकारी खर्च कटौतीका लागि एलन मस्कलाई विशेष जिम्मेवारी दिएका थिए। … Continue reading एलन मस्कले छोडे ट्रम्पको प्रशासन

थप पढ्नुहोस् »

अमेरिकाद्धारा विद्यार्थी भिसा स्थगन

काठमाडौँ,१४ जेठ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नयाँ नीतिसँगै, अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई अर्को सूचना नआएसम्म विद्यार्थी भिसा नदिन निर्देशन दिएको जनाइएकोे छ । समाचारअनुसार, यो निलम्बन कहिलेसम्म जारी रहने हो भन्ने अझै स्पष्ट छैन। दूतावास तथा वाणिज्य दूतावासका … Continue reading अमेरिकाद्धारा विद्यार्थी भिसा स्थगन

थप पढ्नुहोस् »