खेल

संन्यास लिदै क्रिकेटर शरद भेषवाकर

काठमाडौं,३ कार्तिक । नेपाली क्रिकेटका सफल ब्याट्सम्यान शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ क्रिकेट सिक्सेस मा नेपालको कप्तानी गर्नेछन्, जुन उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। सन् २००२ मा यूएईमा आयोजित यू–१५ एसिया कपबाट आफ्नो खेलजीवन सुरु गरेका शरदले … Continue reading संन्यास लिदै क्रिकेटर शरद भेषवाकर

थप पढ्नुहोस् »

सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको हो। २१२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै केवल ८७ … Continue reading सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

थप पढ्नुहोस् »

नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो। नेपालका लागि ओपनर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै शानदार प्रदर्शन गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ … Continue reading नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

थप पढ्नुहोस् »

नेपालसंग ३८ रनले  स्तब्ध भयो ओमान , तालिकाको शीर्ष स्थान पुग्यो नेपाल

काठमाडौँ , ३० असोज ।  ओनेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो । सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । … Continue reading नेपालसंग ३८ रनले  स्तब्ध भयो ओमान , तालिकाको शीर्ष स्थान पुग्यो नेपाल

थप पढ्नुहोस् »

नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

दाङ, २९ असोज । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गतको सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई १५२ रनको  लक्ष्य प्रस्तुत गरेको छ।  ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले … Continue reading नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

थप पढ्नुहोस् »

ओमानसँग खेल्नुअघि नै नेपाल टी-२० विश्वकपमा पुग्ने समिकरण

दाङ,२९ असोज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ । छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुनेछ। सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ … Continue reading ओमानसँग खेल्नुअघि नै नेपाल टी-२० विश्वकपमा पुग्ने समिकरण

थप पढ्नुहोस् »

नेपाल टी–२० क्रिकेट वरियतामा एक स्थान उक्लियो

काठमाडौं ,२८ असोज । नेपाल आइसीसी टी–२० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अक्टोबर १३ मा सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८औं स्थानबाट १७औं स्थानमा पुगेको हो। नेपालले पछिल्ला खेलहरूमा लगातार जित हासिल गरेपछि वरियतामा सुधार भएको हो। विशेषगरी टेस्ट खेल्ने देश वेस्ट इन्डिजलाई २–१ ले पराजित गरेपछि नेपालको … Continue reading नेपाल टी–२० क्रिकेट वरियतामा एक स्थान उक्लियो

थप पढ्नुहोस् »

युएईमाथि नेपालको १ रनको जित

काठमाडौँ,२६ असोज । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जीत निकालेको छ। ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार गरेको थियो। नेपालका आसिफ शेखले ४७ बलमा ५१ रनको उत्कृष्ट पारी खेले … Continue reading युएईमाथि नेपालको १ रनको जित

थप पढ्नुहोस् »

नेपाल आज जापानसंग खेल्दै

काठमाडौ,२४ असोज । नेपालले आज जापानसंग प्रतिस्पर्धा गर्दैछ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत नेपाल आज जापानसँग प्रतिस्पर्धा गर्न लागेको । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपालले एक खेल अगावै नै सुपर–६ चरणमा स्थान सुरक्षित गरिसकेको छ। हिजो जापानले कुवेतलाई पाँच विकेटले पराजित गरेसँगै नेपालले सुपर–६ … Continue reading नेपाल आज जापानसंग खेल्दै

थप पढ्नुहोस् »

मलेसियाविरुद्ध नेपालको जित

काठमाडौं,२२ असोज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँचवाँ टी–२० खेलमा पाँच विकेटको जित हात पार्दै ३–२ ले शृंखला आफ्नो नाम गरेको छ। बुधबार सम्पन्न अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै सहज जित … Continue reading मलेसियाविरुद्ध नेपालको जित

थप पढ्नुहोस् »