खेल

प्रधानमन्त्री कार्कीले गरिन एनपीएल क्रिकेट प्रतियोगिताको उद्घाटन

काठमाडौ,१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरेकी छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित रंगीन कार्यक्रममा प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो। उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायत खेलकुद क्षेत्रका वरिष्ठ व्यक्तिहरूको … Continue reading प्रधानमन्त्री कार्कीले गरिन एनपीएल क्रिकेट प्रतियोगिताको उद्घाटन

थप पढ्नुहोस् »

युएईसँग नेपाल पराजित

काठमाडौ,२३ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४३ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका लागि मोहमद आदिल आलमले ३२ र सन्दीप जोराले अविजित ३१ रन … Continue reading युएईसँग नेपाल पराजित

थप पढ्नुहोस् »

काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो। नेपालले श्रीलंकालाई २५–१८, २६–२४, १९–२५ र २५–२० ले पराजित गर्‍यो भने माल्दिभ्समाथि सोझो सेटमा ३–० को जित हात पार्‍यो। यसअघिको खेलमा भने नेपाल कीर्गिस्तानसँग ३–२ … Continue reading काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

थप पढ्नुहोस् »

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि हुने

काठमाडौ,१९ कार्तिक । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले बुधबार बसेको १२३ औं बोर्ड बैठकमा प्रतियोगिता यही मिति आयोजना गर्ने निर्णय गरेको जनाएको छ। प्रतियोगितामा विभिन्न खेलकुदका प्रतिस्पर्धा हुने र देशभरका खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।

थप पढ्नुहोस् »

अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

काठमाडौ,१५ कार्तिक । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्। उनले ४३ बलमा ५१ रन बनाएका हुन्। उनले ३५।४ ओभरमा दुई चौका तीन छक्का हानेका छन्। यूएईमा जारी खेल दुबईस्थित आईसीसी एकेडेमीमा जारी रहेको छ। नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो … Continue reading अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

थप पढ्नुहोस् »

टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन क्यानको निर्देशन

काठमाडौ,१४ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन निर्देशन दिएको छ। डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना हुन लागेको नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल) लक्षित गर्दै क्यानले शुक्रबार सबै संघहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो। क्यानका अनुसार एनएसपीएल जस्ता टेनिस बल क्रिकेट … Continue reading टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन क्यानको निर्देशन

थप पढ्नुहोस् »

नेपाली फुटबलका प्रशिक्षक रसको राजिनामा

काठमाडौ,१३ कार्तिक ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएको करिब आठ महिनामै उनले पद छोडेका हुन्। गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो। तर, करिब आठ महिनामै उनले पदबाट राजीनामा दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्। राईका … Continue reading नेपाली फुटबलका प्रशिक्षक रसको राजिनामा

थप पढ्नुहोस् »

साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित

काठमाडौ,१० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो। नेपालका लागि सावित्रा भण्डारीले दुवै गोल गर्दै टोलीलाई प्रतियोगिताको पहिलो जित दिलाइन्। प्रतियोगिताको उपाधि भने यसअघि … Continue reading साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित

थप पढ्नुहोस् »

अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

काठमाडौ,९ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन जोड्यो। अमेरिकाका स्मित पटेलले सर्वाधिक ७५ रन बनाए। उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए। पटेल र साइतेजा मुक्कामल्लाबीच … Continue reading अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

थप पढ्नुहोस् »

नेपाली महिला फुटबल टोली भारत प्रस्थान

काठमाडौ,५ कार्तिक । भारतमा आयोजना हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ। भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एक मैत्रीपूर्ण खेल पनि खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। त्रिदेशीय … Continue reading नेपाली महिला फुटबल टोली भारत प्रस्थान

थप पढ्नुहोस् »