खेल

टी–२० विश्वकपको पहिलो खेलमा नेपाल ४ रनले पराजित

दाङ,२५ माघ । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ।मुम्बईस्थित वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल भुर्तेलले २९ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए भने आसिफ … Continue reading टी–२० विश्वकपको पहिलो खेलमा नेपाल ४ रनले पराजित

थप पढ्नुहोस् »

टी–२० विश्वकप २०२६: इङ्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य

दाङ ,२५ माघ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाललाई जितका लागि इङ्ल्यान्डले १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनायो। इङ्ल्यान्डका लागि ज्याकोब वेथे र कप्तान ह्यारी ब्रुकले अर्धशतकीय इनिङ्स खेले। वेथेले ३५ बलमा चार … Continue reading टी–२० विश्वकप २०२६: इङ्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य

थप पढ्नुहोस् »

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, ५ माघ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताएका छन् । आज सार्वजनिक बिदा परेकाले भोलि मात्र राजीनामा पत्र दर्ता हुने गुप्ताले जानकारी दिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिराहा क्षेत्र नम्बर–१ मा उम्मेदवार बन्ने तयारीमा … Continue reading खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

थप पढ्नुहोस् »

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं,३ माघ । आगामी टी–२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गरेका हुन्। सो अवसरमा नेता डा. शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरे। साथै आगामी विश्वकपमा … Continue reading विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

थप पढ्नुहोस् »

उत्कृष्ट महिला खेलाडीलाई नगद पुरस्कार घोषणा

काठमाडौँ, २८ पुस । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ र सर्वाधिक विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । महिला … Continue reading उत्कृष्ट महिला खेलाडीलाई नगद पुरस्कार घोषणा

थप पढ्नुहोस् »

इन्ट्रा कलेज टि-२० क्रीकेटको उपाधि स्नातक दोस्रो वर्ष लाई

लक्ष्मण बस्नेत,९ पुस। ज्ञान ज्योति इन्ट्रा कलेज टि-२० क्रीकेट प्रतियोगिता-२०८२ को उपाधि ज्ञान ज्योति स्नातक दोस्रो वर्षले जितेको छ । ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा आज सम्पन्न फाईनल खेलमा ज्ञान ज्योति बिज्ञान संकाय ए टिम लाई २८ रनले पराजित गर्दै स्नातक दोस्रो वर्ष टिमले उपाधि जितेको हो । उपाधि संगै उसले नगद १५ … Continue reading इन्ट्रा कलेज टि-२० क्रीकेटको उपाधि स्नातक दोस्रो वर्ष लाई

थप पढ्नुहोस् »

एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई

काठमाडौं, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो। लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४२ रन बनाए। उनले १३ बलमा यो योगदान दिएका हुन्। डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ … Continue reading एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई

थप पढ्नुहोस् »

एसियन युथ पारा गेम्समा नेपाललाई रजत पदक

दाङ, २६ मंसिर । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युएईको दुबईमा जारी एसियन युथ पारा गेम्समा रजत पदक हात पारेका छन्। उनले टेबलटेनिसको यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उपविजेता बन्न सफल भएका हुन्। बिहीबार सम्पन्न फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग कडा प्रतिस्पर्धामा ३–२ सेटको अन्तरले पराजित भए। उनले पहिलो … Continue reading एसियन युथ पारा गेम्समा नेपाललाई रजत पदक

थप पढ्नुहोस् »

एनप्याब्सन दाङको बृहत खेल प्रतियोगिता सुरु

दाङ ,२६ मंसिर । नेशनल प्याब्सन दाङले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता आजदेखि बेल्झुण्डी रंगशालामा सुरू भएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। तीन दिनसम्म चल्ने यस प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध २७ विद्यालय सहभागी भएका छन्। छात्र–छात्रातर्फ … Continue reading एनप्याब्सन दाङको बृहत खेल प्रतियोगिता सुरु

थप पढ्नुहोस् »

एनपिएल: विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाडौं,२५ मंसिर । लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल यात्रा तय गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश सुनिश्चित गर्यो। पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको मध्यम स्कोर बनाएको थियो। कप्तान … Continue reading एनपिएल: विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

थप पढ्नुहोस् »