विदेश

भारतमा आज ७२ औं गणतन्त्र दिवस

भारतले आज ७२ औं गणतन्त्र दिवसको मनाउँदै छ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा प्रहरी खटाइएको छ । आज गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा परेड हुँदैछ । यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्र्याक्टर र्‍याली निकाल्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था … Continue reading भारतमा आज ७२ औं गणतन्त्र दिवस

थप पढ्नुहोस् »

पाइप लाइनबाटै डिजल चोरी

भारत । पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको खुलेको छ । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप लाइन फुटाएर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ । नेपाली सीमाबाट एक सय किलोमिटर पर नविगन्जमा पाइप लाइन फुटाएर हजारौँ लिटर डिजल चोरी … Continue reading पाइप लाइनबाटै डिजल चोरी

थप पढ्नुहोस् »

ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका सांसद ट्रम्पविरुद्धको महाअभियोग लगाउने अन्तिम कसरतमा रहेका बीबीसीले जनाएको छ । सभामुख पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको जनाइएको … Continue reading ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी

थप पढ्नुहोस् »

सत्ता हस्तान्तरण ‘व्यवस्थित रूप’ मा हुनेछ : ट्रम्प

अमेरिकी संसद् भवनमा आक्रमण र जो बाइडेन तथा कमला ह्यारिसको जितलाई संसदले प्रमाणित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विज्ञप्ति निकाल्दै अमेरिकामा सत्ता हस्तान्तरण ‘व्यवस्थित रुप’मा हुने बताएका छन् । सत्ता हस्तान्तरण ‘व्यवस्थित रुप’ मा हुने बताए पनि ट्रम्पले चुनावमा धाँधली भएको विषयलाई लिएर कानुनी लडाइँलाई जारी राख्ने बताएका छन् । ट्रम्पले भनेका छन्, ‘म चुनावी नतिजासँग असहमत छु … Continue reading सत्ता हस्तान्तरण ‘व्यवस्थित रूप’ मा हुनेछ : ट्रम्प

थप पढ्नुहोस् »

ट्रम्पको उक्साहटमा अमेरिकामा हिंसा, एक महिलाको मृत्यु

राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम … Continue reading ट्रम्पको उक्साहटमा अमेरिकामा हिंसा, एक महिलाको मृत्यु

थप पढ्नुहोस् »

यमनमा प्रधानमन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो

यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरु ५० जनाभन्दा धेरै घाइते भएका छन् ।  केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।  यमनको दक्षिणी भागमा रहेको एडन सहरको विमानस्थलमा भएको विस्फोटमा सहायतामा जुटेकाहरू र अरु अधिकारीहरू … Continue reading यमनमा प्रधानमन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि भेटियो

तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ । बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो । बिरामी परेका २० वर्षका एक युवा अहिले आइसोलेशनमा  रहेका छन् ।  गएको हप्ता मात्रै अमेरिकी स्वास्थ्य अधिकारीहरूले यो नयाँ भाइरस भेरियन्ट अमेरिकामा आइसकेको हुनसक्ने … Continue reading कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि भेटियो

थप पढ्नुहोस् »

कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

दाङ। दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि ईपीएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो । कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया … Continue reading कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

थप पढ्नुहोस् »

फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । ४२ वर्षीय  राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।  उहाँले घरबाट नै काम गरिहरनुभएकाे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा … Continue reading फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

थप पढ्नुहोस् »

पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेका छन् । ​ बाइडेनले आफ्नो कार्यकालको सुरुवाती महिनामा महामारी नियन्त्रणको पहल हुने बताएकाे बीबीसीले जनाएको छ । उनले यसअघि अमेरिकामा रहेका सबैलाई एक सय दिनसम्म मास्क लगाउन आग्रह गरेका थिए ।  मङ्गलबार नै अमेरिकी … Continue reading पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

थप पढ्नुहोस् »